News

इलाममा ११५ वर्षका वृद्धले गरे मतदान

इलाममा ११५ वर्षका वृद्धले गरे मतदान

इलाममा ११५ वर्षका वृद्धले मतदान गरेका छन्।

प्रतिनिधिसभा तथा प्रदेशसभाको जारी निर्वाचनमा ११५ वर्षका माबहादुर राईले मतदान गरेका हुन। उनले फाकफोकथुम गाउँपालिका–७ शिकारी भञ्ज्याङस्थित सिंहदेवी माध्यमिक विद्यालय केन्द्रमा पुगेर मतदान गरेका हुन।

नागरिकता अनुसार उनको जन्म मिति विसं १९६४ साल हो। तत्कालीन एकतप्पा गाउँ पञ्चायत वडा नम्बर ५ मा उनको जन्म भएको हो। इलाममा ११५ वर्षे नागरिकले मतदान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
 

विशेष