दोलखामा गोली चल्यो, प्रहरीमाथि ढुङ्गा प्रहार, एक प्रहरी घाईते
![दोलखामा गोली चल्यो, प्रहरीमाथि ढुङ्गा प्रहार, एक प्रहरी घाईते](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/11/nirbachan-98ff8.jpg)
मतदानका क्रममा दोलखाको एउटा मतदान केन्द्रमा गोली चलेको छ। तामाकोशी गाउँपलिकास्थित कालापानी मावि मतदानस्थलमा गोली चलेको हो।
मतदानका क्रममा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि प्रहरीले १५ राउन्ड गोली चलाएको हो । झडपमा एक प्रहरी घाइते भएको जनाईएको छ।
प्रदेश प्रहरी कार्यालय बागमतीकी डीआइजी किरण बज्राचार्यका अनुसार प्रहरीमाथि दलका कार्यकर्ताहरूले ढुंगा प्रहार गरेपछि गोली चलेको उनले जानकारी दिइन् ।
मतदानस्थलमा अहिले नेपाली सेना, नेपाल प्रहरीको कमाण्डो फोर्स र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।