News

दाङ २ मा रेखा शर्माको अग्रता, पछि परे शंकर पोखरेल

दाङ २ मा रेखा शर्माको अग्रता, पछि परे शंकर पोखरेल

मतपरिणममा नेकपा एमालेका महासचिव शंकर पोखरेल दोस्रो स्थानमा पुगेका छन् । दाङ–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार रहेका पोखरेललाई नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले पछि पारेकी छिन्।

२७८० मत गणना हुँदा रेखाले १४५०, नेकपा एमालेका महासचिव शंकर पोखरेलले ८४६, राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले २८१ मत ल्याएका छन् ।

यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महरा निर्वाचित भएका थिए । यसपटक माओवादी केन्द्रकी उम्मेदवार शर्मालाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीसहितका सत्ता गठबन्धनका दलले समर्थन गरेका छन् । 
 

विशेष