क्रस खुकुरी लिएर कास्की-२ मा भोट माग्दै ऋगेन्द्र
युवा व्यवसायी तथा सामाजिक अगुवा ऋगेन्द्र नेपाली गिरीले प्रतिनिधि सभाका लागि कास्की क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
राजनीतिलाई कसैको व्यक्तिगत स्वार्थ पुरा गर्ने नीतिको रुपमा नभई नीतिगत रुपमा उत्पादन तथा विकाससँग जोड्नका लागि आफ्नो स्वतन्त्र उम्मेदवारी रहेको गिरीले बताए ।
गिरीले निर्वाचन आयोगबाट क्रस खुकुरी चुनाव चिह्न पाएका छन् । ‘तत्कालीन र दीर्घकालिक रुपमा देश विकासका लागि गरिनु पर्ने विकास निर्माण र अर्थतन्त्र सुदृढीकरण मेरो पहिले प्राथामिकता हुनेछ । वैदेशिक भूमिमा पसिना बगाएका नेपालीहरूलाई नेपालमै रोजगारी को व्यवस्थापन र स्थानीय स्रोत साधनको स्थानीय स्तरमै प्रयोग मेरो मुख्य एजेन्डा हुनेछन,’ गिरीले भने ।
‘नेपाल बन्छ, जब नेपाल मै बन्छ’ भन्ने नारालाई आत्मसाथ गर्नका लागि क्रस खुकुरीमा अत्याधिक मतदान गरिदिन उम्मेदवार गिरीले अनुरोध गरेका छन् ।