News

दुर्गा पौडेल प्रति ओलीको आक्रोश, लगाई दिए ‘भष्मासुर’ को ट्याग

दुर्गा पौडेल प्रति ओलीको आक्रोश, लगाई दिए ‘भष्मासुर’ को ट्याग

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई ‘भष्मासुर’ भन्दै आलोचना गरेका छन्। एमालेको भोटले जितेकी पौडेलले एमालेकै सरकार ढलाउन भुमिका खेलेको भन्दै ओलीले भष्मासुर भन्दै कटाक्ष गरेका हुन।

‘एउटा पार्टी छ मोहनविक्रम जीको’ काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने –‘हामीले भोट खसाएर कान्छी भाउजूलाई संसदलाई ल्याइदियौँ, भरे त भष्मासुर भएर हाम्रै टाउकोमा हात राख्दै एमालेको सरकार ढाल्न च्याँखे खेलिन्।’

राजनीतिलाई सुदृढ बनाउन पौडेल जस्ता च्याँखे प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने ओलीको कथन छ। ‘च्याँखे प्रवृत्ति निकै खराब हुन्छ। राजनीतिलाई सुदढ बनाउनका निम्ति एक सिटे र च्याँखे प्रवृत्तिलाई हटाउनुपर्छ,’ ओलीले भने।

उनले माओवादीलाई केन्द्रलाई पनि च्याँखे प्रवृत्ति भन्दै आलोचना गरे। ‘अस्ति सुन्नुभयो नि एकजना नेताले हामी तेस्रो तर निर्णायक शक्ति हुन्छौँ भनेको’ ओलीले थपे–‘यो भनेको बीचमा उभिने डाँक बढाबढ गर्ने भनेको हो।’ 

विशेष