चितवन २ : अन्तिममा रविले चुनाव जित्ने यस्तो छ संकेत
![चितवन २ : अन्तिममा रविले चुनाव जित्ने यस्तो छ संकेत](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/11/rabi-0c075.jpg)
प्रतिनिधि सभातर्फत चितवन २ को पछिल्लो परिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार कृष्णभक्त पोख्रेलको अग्रता कायम छ। उनले ११४४ मत ल्याएर अग्रता कायम राखेका छन्।
परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ ७०४ मतका साथ दोस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने २६० मतसहित तेस्रो स्थानमा छन्।
अहिलेको मतको अनुपातमा चितवन २ मा हाल तेस्रो स्थानमा रहेका रवि लामिछानेको जित निश्चित जस्तै देखिएको जानकारहरु वताउँछन्। अन्तिम समयमा रविले ७ देखि १० हजारको मतान्तरले चुनाव जित्ने उनीहरुको भनाई छ।हालसम्म इच्छा गाउँपालिका वडा नं. १ को मतगणना सकिएको छ भने वडा नं. २ र ३ को गणना हुँदैछ।
इच्छा कामना गाउँपालिका नेकपा एमालेका उम्मेदवार पोखरेलको पकड क्षेत्र हो। गत स्थानीय तह निर्वाचनमा यो गाउँपालिकाको अध्यक्षमा एमालेकै उम्मेदवार निर्वाचित भएका छन् । इच्छाकामना गाउँपालिकाको गणनामा समेत रविले तेस्रो स्थान प्राप्त गर्नु उनको लागि राम्रो संकेत भएको स्थानीय जानकारहरुको भनाई छ।
इच्छाकामनामा तुलनात्मक रुपमा नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई पनि राम्रो मत प्राप्त भएको उनीहरु वताउँछन् । यता रविको पकड क्षेत्र प्रवेश गर्दै जाँदा पोखरेल र श्रेष्ठ दुवै पछि पर्ने र जित रविको हुने देखिएको वताईन्छ।
भरतपुर उपमहानगरपालिकाको वडा नं. २, ४, ७ र ११ नं. वडा रविको पकड क्षेत्र हो जसमा वडा नं. ७ (कृष्णपुुर) र वडा नं. ११ मा धेरै मतदाता छन् । जसमा रविलाई ५० प्रतिशतभन्दा वढि र बाँकी मत अन्य उम्मेदवारलाई वाँडिएको अनुमान छ। ४ वटा वडाको करिव ३० हजार मतमा रविले १५ हजार र बाकी मत अन्य उम्मेदवारमा बाँडिने धेरैको अनुमान छ।
चितवन २ मा इच्छाकामना गाउँपालिकाका ७, कालिका नगरपालिकाका ११ र भरतपुर महानगरपालिकाको १–५, ७, १०–१२ र २९ वडा समावेश छन्।