News

बाजुरामा काँग्रेस कार्यकर्ता हत्याको बदलामा एमालेका कार्यकर्ताको हत्या 

बाजुरामा काँग्रेस कार्यकर्ता हत्याको बदलामा एमालेका कार्यकर्ताको हत्या 

आइतबार बाजुराको त्रिवेणी नगरपालिका वडा नं. ७ मा सुरक्षाकर्मीले चलाएको गोली लाग्दा स्थानीय सञ्जीव अएडीको ज्यान गयो । नाट्यश्वरी आधारभुत विद्यालयमा रहेको मतदान केन्द्रमा विवादहुँदा सुरक्षाकर्मीले गोली चलाएको थियो । सुरक्षाकर्मीले गोली चलाउँदा अएडीको मृत्यु भएको हो ।  आफ्ना कार्यकर्ता मारिँदा आक्रोशित बनेका नेपाली कांग्रेसका कार्यकर्ता उग्र भएका थिए ।

घटनापछि नेपाली कांग्रेसका कार्यकर्ताले एमालेका कार्यकर्तालाई खोजीखोजी आक्रमण गरेको स्थानीय बताउँछन् । आक्रोशित नेपाली कांग्रेसका कार्यकर्ताको समुहले आइतबार राति नै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका सुदूरपश्चिम विश्वविद्यालय अध्यक्ष तथा केन्द्रिय सदस्य चेतन अयडीको हत्या गरेको छ । काँग्रेस कार्यकर्ताको कुटपिटबाट एयडीको मृत्यु भएको बाजुरा प्रहरीले जनाएको छ । 

मृतक अयडीका बुबा र सोही ठाउँका शिक्षक मिनबहादुर ऐडी अझै सम्पर्क बिहीन रहेको बताइएकाे छ ।

घटनाको विषयलाई लिएर अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले देख प्रकट गर्दै हत्यारालाई चाँडो भन्दा चाँडो पक्राउ गरी कारबाही गर्न माग गरेकी छिन । 

अयडीलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगेका थिए । अस्पताल पुगाउने बित्तिकै अयडीको चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए । डा.  मन्दिप पाठकका अनुसार अस्पताल पुयाउदा उनको मृत्यु भइसकेको बताएका छन् । अयडीको शब अहिले बयलपाटा अस्पतालको शव गृहमा राखिएको अस्पतालले जनाएको छ ।  

बाजुरा

विशेष