News मनोरञ्जन मोडेल वाच

छोरी जन्मिएपछि स्वेता खड्काले भनिन– यो मेरो जीवनको सबैभन्दा ठूलो अवार्ड हो

छोरी जन्मिएपछि स्वेता खड्काले भनिन– यो मेरो जीवनको सबैभन्दा ठूलो अवार्ड हो

अभिनेत्री श्वेता खड्काले जिवनमा सवैभन्दा ठुलो अवार्ड पाएको भन्दै आमा भएकोमा गर्व गरेकी छिन् । मंगलवार पहिलो सन्तानका रुपमा छोरी जन्माएपछि खड्काले आफू आमा भएर भाग्यमानी नारीको जमातमा सामेल हुन पाएको बताएकी छन्। 

‘मेरो दाम्पत्य जीवनमा एउटी सुन्दर, सुशील र अबोध सुपुत्रीको आगमनसँगै जीवनको अर्को पाटो सुरु भएको छ। आज (कात्तिक १५)) बाट मैले  संसारकै सबैभन्दा सुन्दर शब्द ‘आमा’बाट सम्बोधित हुने एउटा भाग्यमानी नारीको जमातमा सामेल हुने मौका पाएकी छु’ खड्काले फेसवुकमा लेखेकी छन्, ‘यो मेरो जीवनको सबैभन्दा ठूलो अवार्ड हो, सबैभन्दा अमूल्य प्राप्ति अनि बहुमूल्य सम्पत्ति हो।’

अभिनेत्री खड्काले मंगलबार काठमाडौंको ग्रान्डी सिटी अस्पतालमा छोरी जन्माएकी हुन्। यसलाई उनले आफ्नो जीवनमा खुसीको अर्को अध्याय थपिएको भनेकी छन्।

‘लामो अन्तराल पश्चात् मेरो जीवनमा खुसीको अर्को अध्याय थपिएको छ । खुशिको अर्को रङ्ग पोतिएको छ अनि आशाको अर्को दिप झुल्किएको छ ।’ उनले लेखेकी छिन्।

दुई वर्षअघि धनगढीका विजयेन्द्र सिंह रावतसँग श्वेताले प्रेम विवाह गरेकी थिइन् । यस अघि उनको ०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग बिवाह भएको थियो। तर, बिवाह भएको एक महिनापछि श्रेष्ठको साउन २५ गते उपचारका क्रममा निधन भएको थियो ।

खड्काले चलचित्र ‘कहाँ भेटिएला’ बाट नेपाली रजतपटमा डेव्यु गरेकी हुन् । चार वर्षअघि प्रदर्शनमा आएको ‘कान्छी’ पछि श्वेता अन्य चलचित्रमा देखिएकी छैनन् ।
 

विशेष