दाङमा एमालेकी वली अगाडि, पछ्याउँदै कांग्रेसका दीपक

दाङ क्षेत्र नम्बर ३ को प्रारम्भिक मतपरिणाम आउन थालेको छ ।
नेकपा एमालेकी उम्मेदवार कोमल वलीले सुरुवाती अग्रता लिएकी छिन् । त्यहाँ ३०६ मत गणना हुँदा वलीले १२८ मत ल्याएकी छिन् ।
सत्ता गठबन्धनका नेपाली कांग्रेसका उममेदवार दीपक गिरीले ११३ मत ल्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले ३८ मत पाएका छन् ।