रविका मत अझै गणना भएनन्, नागरिकता छानविन हुनुपर्ने अन्य दलको माग

चितवन २ मा मतगणना सुरु हुन समय लाग्ने भएको छ । सो क्षेत्रमा उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी विवादबारे निर्वाचन आयोगमा परेको उजुरीको कारण मतगणना सुरु हुन ढिलाई भएको हो ।
स्रोतकाअनुसार लामिछानेको नागरिकतासम्बन्धी विवाद समाधान गरेर मात्रै मतगणना गर्नुपर्नेबारे एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले प्रस्ताव गरेका छन् । पोखरेलको प्रस्तावमा नेपाली कांग्रेस पनि सकारात्मक बनेको छ । आयोगले भने यसबारेमा निर्णय दिएको छैन् ।