News कभर स्टोरी

यी १५ ठाउँमा माओवादीको जित पक्का जस्तै, यस्तो छ मतान्तर 

यी १५ ठाउँमा माओवादीको जित पक्का जस्तै, यस्तो छ मतान्तर 

प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रले १५ स्थानमा अग्रता लिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा-२ बाट ७ हजार २ सय ७९ मतसहित अग्रस्थानमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी बुर्लाकोटीले २ हजार १० मत प्राप्त गरेका छन् । 

रुकुम पश्चिम-१ बाट जनार्दन शर्मा प्रभाकरले फराकिलो मतान्तर कायम गरेका छन् ।

जाजरकोट-१ बाट शक्तिबहादुर बस्नेतले ४ हजार २ सय ५२ मतसहित अग्रता कायम गरेका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका निरजप्रसाद आचार्यले २ हजार ७ सय ९० मत प्राप्त गरेका छन् । 

माओवादी केन्द्रकी रेखा शर्माले दाङ-२ मा निरन्तर अग्रता लिएकी छन् । शर्माले ८ हजार ६ सय २० मत पाउँदै गर्दा एमाले शंकर पोख्रेलले ६ हजार ८ सय १० मत प्राप्त गरेका छन् । 

बाग्लुङमा देवेन्द्र पौडेल ७ हजार २५ मतसहित अगाडि छन् । निकटतम प्रतिद्धन्द्धी एमालेकि मन्ज शर्मा ५ हजार ६ सय २९ मतसहित दोस्रो स्थानमा छिन् । 

रोल्पा-१ मा वर्षमान पुन सुरुवातदेखि नै अगाडि छन् । पुनले ६ हजार ७ सय ६८ मत प्राप्त गर्दा एमाले पूर्ण बुढामगरले २ हजार ६ सय १ मत प्राप्त गरेका छन् । 

मोरङ- ४ मा अमनलाल मोदी मतान्तर बढाउँदै गएका छन् । मोदीले ७ हजार १ सय ९९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विनोदप्रसाद ढकालले ४ हजार ९ सय ६७ मत पाएका छन् । 


काभ्रे -१ मा सूर्यमान तामाङ (दोङ) अगाडि छन् । उनले १५ हजार २८ प्राप्त गर्दा एमालेका रेशमबहादुर लामाले ११ सय ३५ मत प्राप्त गरेका छन् । 

भोजपुर-१ मा सुदन किरातीले अग्रता लिएका छन् । किरातीले ३० सय २२ मत पाउँदा निकटतम प्रतिद्धन्द्धी एमालेका शेरधन राईले २४ सय ८ मत प्राप्त गरेका छन् । 


खोटाङ-१ मा रामकुमार राई अग्रस्थानमा छन् । राईले ३ हजार १ मत प्राप्त गर्दा एमालेका विशाल भट्टराईले २५ सय ९२ मत प्राप्त गरेका छन् । 

सिन्धुली-२ मा लेखनाथ दाहालले ८ हजार १ सय ३६ मत प्राप्त गर्दै अगाडि छन् । एमालेका मनोजजंग थापा ५ हजार ९ सय ६१ मतसहित दाहाललाई पछ्याउँदै छन् । 


सर्लाही-२ मा महिन्द्र राय यादव १८ सय २५ मतसहित अगाडि छन् । यादवलाई लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका राजेन्द्र महतोले १३ सय ३१ मतसहित पछ्याउँदै छन् । 

त्यस्तै, सर्लाही-३ मा नरेन्द्र साह कलवार ४ हजार ४ सय ६१ मतसहित जितको दौडानमा छन् । कलवारलाई एमालेका हरिप्रसाद उप्रेतीले ३ हजार ३ सय ६३ मतसहित पछ्याउँदै छन् । 

रुकुम पूर्वमा प्रतिनिधिसभा सदस्यका लागि लागि नेकपा माओवादी केन्द्रका पूर्ण बहादुर घर्तीले तेब्बर मतले अग्रता लिएका छन् ।

माओवादी केन्द्रका घर्तीले २४ सय ४ मत प्राप्त गर्दा एमालेका कैलाश कुमार मल्लले ९ सय ३५ मत प्राप्त गरेका छन् । 

 

माओवादी केन्द्र

विशेष