News

विप्लव नेकपाको नियन्त्रणमा खानेपानी योजनाका अध्यक्ष, ठुलो भ्रस्टाचार गरेको आरोप 

विप्लव नेकपाको नियन्त्रणमा खानेपानी योजनाका अध्यक्ष, ठुलो भ्रस्टाचार गरेको आरोप 

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बझाङले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । सोमबार दुर्गाथली गाउँपालिका ४ का धने जोशीलाई नेकपाले नियन्त्रणमा लिएकाे हाे । 

जोशीले दुर्गाथली गाउँपालिका वडा नं ३ बिजाडा र वडा नं ४ सेलागाउँमा जलस्रोत तथा स्थानीय र प्रदेश सरकार द्वारा सञ्चालित  रनफोल खानेपानी आयोजनामा लाखौ रकम भ्रष्टाचारको आरोप उनीहरूको छ । 

रनफोल खानेपानी उपभोक्ता समिति अध्यक्ष रहेका जोशीले रकम भ्रष्टाचार गरी फरार रहेको उजुरी परेपछि खोजी गरेको जिल्ला सेक्रेटरी प्रविन सिले जानकारी दिए । 

‘उजुरी परेपछि जिल्ला इन्चार्ज बिराट सीको नेतृत्वमा खटिएको टोलीले जोशीलाई पक्राउ गरेकाे प्रविनले बताए । 

‘जोशीलाई नियन्त्रणमा लिएपछि खानेपानी उपभोक्ताहरूको रोहबरमा  इलाका प्रहरी कार्यालय दुर्गाथलीमार्फत जिल्ला प्रहरी कार्यालय बझाङलाई बुझाएका छौँ । जोशीले खानेपानीको योजना अलपत्र पारेका छन् । लाखौँ बजेट लगानी भएको खानेपानी योजना अहिले अहिले बन्द अवस्थामा छ,’ प्रविनले भने, ‘छिटोभन्दा छिटो उक्त खानेपानी सञ्चालन गर्न सम्बन्धित पक्षलाई सचेत गराएको छौँ । साथै आरोपीलाई आवश्यक छानबिन गरी तथ्यसत्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेका छौँ ।’

 

नेकपा विप्लव धने जाेशी

विशेष