News

रविका समर्थक भन्छन्ः चितवनबासि रक्सी, मासु र पेट्रोलमा बिकेछन् 

रविका समर्थक भन्छन्ः चितवनबासि रक्सी, मासु र पेट्रोलमा बिकेछन् 

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले देशका विभिन्न ठाउँमा उत्साहजनक उपस्थिति देखाउँदा पार्टीका राष्ट्रिय सभापति रवि लामिछाने चितवन– २ मा मतगणनाको सुरुवातदेखि अग्रता लिन सकिरहेका थिएनन् ।


मतगणनाको दोस्रो दिनको मध्यावधि भने रवि अगाडि बढेका छन् । कालिका १ को मतगणना सुरु भएपछि उनले अग्रता लिएका हुन् ।

पछिल्लो मत परिणाम अनुसार लामिछानेले ४००७ र एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाएका छन् । कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन् ।

अहिले सामाजिक सञ्जालमा रविका समर्थक पनि दुई खेमामा विभाजन भएका देखिन्छन् । कतिपय समर्थकहरू जहाँ गणना भयो त्यहाँ रविलाई मत नआउँदैमा आत्तिहाल्नु पर्दैन भन्नेमा विश्वस्त देखिन्छन् । कतिपय समर्थक भने चितवनबासिले भोट नदिएको भन्दै आक्रोश पोखिरहेका छन् । 

चितवनबासिलाई सत्तोसराप गर्नेहरू थपिदै गएका छन् । रविलाई भोट नदिएको भन्दै चितवनबासिलाई ‘भेडा’ सँग तुलना गर्नेहरूको जमात पनि सञ्जालमा बाक्लै देखिन्छ । एक चर्चित न्युज पोर्टलको फेसबुक पेजमा रविको मत परिणामबारे थुप्रैले प्रतिक्रिया दिएका छन् । जसमध्ये अधिकांशले  चितवनबासिलाई पशुसँग तुलना गरेको देखिन्छ । 

कतिपयले चितवनबासिले मासु, रक्सी र पेट्रोलमा मत बेचेको आरोप पनि लगाएका छन् । यशोदा थापाले प्रतिक्रिया दिएकी छन्, ‘बिकेछन्, बिकेछन् रक्सी, मासु, पेट्रोल, पैसामा चितवन २ का मतदाता । थोत्रो दल, थोत्रा निकम्मालाई भोट हाल्ने लालची गद्दार बिकाउ मतदाता !


 

 

विशेष