News

रेशम चौधरीको उम्मेदवारी खारेज भएको क्षेत्रमा रेशमकै बुवा निर्वाचित

रेशम चौधरीको उम्मेदवारी खारेज भएको क्षेत्रमा रेशमकै बुवा निर्वाचित

नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दिया–२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयन गरेका रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो । टीकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको थियो ।

रेशमको उम्मेदवारी खारेज भएपछि उनका बुवा लालवीर चौधरीले सोही निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । मत परिणाम अनुसार बर्दिया क्षेत्र नं‍ २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार लालवीर चौधरी निर्वाचित भएका छन् ।

गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई १ सय ३६ मतले पछि पार्दै उनी निर्वाचित भएका हुन् । चौधरीले २६ हजार पाँच सय २० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका पन्थले २६ हजार तीन सय ८४ मत ल्याए ।


रेशमको उम्मेदवारी खारेजी भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्रमा उम्मेदवारी दिएका लालवीर चौधरीलाई सहयोग गरेको थियो ।
 

 

रेशम चौधरी

विशेष