News कभर स्टोरी

बलात्कार आरोप लागेका सन्दीपमाथि थुनछेक बहस आजबाट, छुट्लान् कि जेल जालान्? 

बलात्कार आरोप लागेका सन्दीपमाथि थुनछेक बहस आजबाट, छुट्लान् कि जेल जालान्? 

बलात्कार आरोप लागेका सन्दीप लामिछानेको मुद्दामा आजबाट थुनछेक बहस सुरु हुनेछ ।

मङ्गलवार बयान सकिएपछि बुधवारदेखि थुनछेक बहस सुरु हुन लागेको हो ।

न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले थुनछेक बहसपछि साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एउटा आदेश गर्नेछ ।

सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, लभ मैनाली, कृष्ण सापकोटा र सरीता भण्डारी लगायतले बहस गर्दैछन् ।

सन्दीपविरुद्ध काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार १० देखि १२ वर्षसम्म कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो।

सन्दीपविरुद्ध एक १७ वर्षीय युवतीले बलात्कारको आरोप लगाएकी थिइन्।

सन्दीप लामिछाने

विशेष