News

विक्रम पाण्डेसँग २ करोड लिएर क्षेत्र परिवर्तन गरेको चर्चाले रविलाई तनाव

विक्रम पाण्डेसँग २ करोड लिएर क्षेत्र परिवर्तन गरेको चर्चाले रविलाई तनाव

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेसँग २ करोड रुपैयाँ वार्गेनिङ गरेर चितवन ३ छोडेको हल्ला चलेको छ। माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहालको क्षेत्रबाट चुनाव लड्ने घोषणा गरेका रविले अन्तिम समयमा चितवन २ मा मनोनयन दर्ता गरेका थिए।

रविले यसरी क्षेत्र परिवर्तन गरेको विषयमा विभिन्न शंका र उपशंकाहरु भईरहेका छन्। क्षेत्र परिवर्तन गरेको विषयलाई उनकै कार्यकर्ताले पनि मन पराएका छैनन्। यस विषयमा प्रश्न गर्दा लामिछानेले प्रश्ट जवाफ पनि दिएका छैनन्।

चितवन ३ बाट माओवादी केन्द्रका अध्यक्ष दाहाल गोरखा पुगेपछि आफ्नो जित सुनिश्चित गर्न पाण्डेले पनि लामिछानेको प्रश्ताव स्विकार गरेको वताईन्छ। योसँगै रविमाथि ट्वीरिष्ट उम्मेदवारको आरोप पनि छ। अर्कोतर्फ चितवनमा घर किनेको विषयमा पनि मतदाताहरुले श्रोत खोजिरहेका छन् ।

एकपछि अर्को  विवादमा पर्दै आएका लामिछानेमाथि पछिल्लो पटक २ करोडको विषय झन पेचिलो भएर अगाडि आएको छ। भीम अधिकारी नामका ट्वीटर प्रयोगकर्ताले ‘रवि लामिछानेले विक्रम पाण्डेसँग २ करोड बार्गेनिङ गरेर चितवन –३ छोडेको हल्ला बजारमा छ । हावा नचलि पात हल्लिन्न । के साच्चै हो ?’ भन्दै प्रश्न गरेका छन्।

उनले रवि ‘नातावाद कृपावाद बिरोधी’ भएको विषयमा पनि प्रश्न उठाएका छन्। ‘के रे के रे रबि लामिछाने नातावाद र कृपावाद बिरोधि हो रे ?  अनि चितवन क्षेत्र न ३ किन छोडेको हुन रे ? ससुरा बालाइ सोध्ने कि बिक्रम पान्डेलाइ सोध्ने ?’ भन्दै उनले लेखेका छन्।


 

विशेष