News कभर स्टोरी

गठबन्धनमा घोचपेचः दीपशिखाले लेखे गगनलाई ‘कालो काँग्रेस’

गठबन्धनमा घोचपेचः दीपशिखाले लेखे गगनलाई ‘कालो काँग्रेस’

गठबन्धन गरेर सिट बाँडफाँड गरेका सत्तारुढ दलका नेता कार्यकर्ताहरू एकअर्कालाई घोचपेच गर्न थालेका छन् । भागवण्डा अनुसार गठबन्धनका उम्मेदवार पराजित हुन थालेपछि घात गरेको आरोप एक पार्टीका कार्यकर्ताले अर्काे पार्टीका कार्यकर्तालाई लगाउन थालेका छन् । 

मत परिणाम आउँदै गर्दा नेपाली कांग्रेसले मुलुकभरि अग्रता लिएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीलाई भने गठबन्धन नफापेको चर्चा पनि चुलिँदाे । उपत्यकामा गठबन्धनबाट चुनाव लडेका माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवारले नराम्रो हार व्यहोर्नु परेको छ । तर, उपत्यकामासँगै चुनाव लडेका कांग्रेस उम्मेदवार भने सन्तुष्ट नै छन् ।

काठमाडौँबाट गगन थापा, प्रकाशमान सिंह, सन्तोष चालिसे, प्रदिप पौडेल, राजेन्द्र कुमार केसी निर्वाचित भएका छन् । ललितपुरबाट उदयशमसेर राणा निर्वाचित भएका छन् । 

नेपाली कांग्रेसले घण्टी (राष्ट्रिय स्वतन्त्र पार्टी)सँग साझेदारी गरेको नेकपा माओवादी केन्द्रका युवा नेता दीपशिखाले आरोप लगाएका छन् । त्यतिमात्रै नभएर दीपशिखाले नेपाली  कांग्रेसका महामन्त्री गगन थापालाई ‘कालो कांग्रेस’ भन्दै घोचपेच गरेका छन् । 

दीपशिखा लेख्छन्, ‘नेपाली कांग्रेसका नेता मित्र गगन थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्ज्वल प्रसाईको पुस्तक विमोचनले भनेका थिए– म कालो कांग्रेस हुँ!’  हो रहेछ, ‘तपाई र तपाईंको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रिहरुलाई मज्जाले हराउनुभयो । तपाईलाई आगामी यात्राको शुभकामना!’ उनले अगाडि थपेका छन्, ‘हामी जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्वीकार गर्छौ, तर यति कुरा दर्ज गरिराख्नपर्ने भएर लेखियो ।’

काठमाडौं  निर्वाचन क्षेत्र २ मा गठबन्धनकी उम्मेदवार ओनसरी घर्तीलाई हराउँदै स्वतन्त्र पार्टीबाट सोविता गौतम निर्वाचित भएकी छन् । 

काठमाडौं निर्वाचन क्षेत्र ७ मा गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली निर्वाचित भएका छन् । 

त्यस्तै, काठमाडौँ निर्वाचन क्षेत्र ७ मा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार जीवनराम श्रेष्‍ठलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिभक्त श्रेष्ठ निर्वाचित भएका छन् । 

ललितपुरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर जबरा निर्वाचित भइरहँदा सँगैको क्षेत्र ३ मा भने पम्फा भुसाल पराजित भइन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले भुसाललाई पराजित गरेकी छन् । 


 

 

गगन थापा दीपशिखा

विशेष