News

पूर्वको रोल्पाबाट माओवादीका दाहाल निर्वाचित, द्वन्द्वकालमा १७ मुद्दा खेपेका दाहाल को हुन् ?

पूर्वको रोल्पाबाट माओवादीका दाहाल निर्वाचित, द्वन्द्वकालमा १७ मुद्दा खेपेका दाहाल को हुन् ?

नेकपा (माओवादी केन्द्र) ले पूर्वको रोल्पा मानिने सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यमा जितको सुरुवात गरेको छ । माओवादी उम्मेदवार लेखनाथ दाहाल ‘राजन’ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । 

माओवादीका दाहालले २७ हजार ५ सय १७ मत ल्याएर निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार दाहाल एमालेका उम्मेदवार मनोजसँग थापाभन्दा ६ हजार १ सय ६२ को मतान्तरले निर्वाचित भएका छन् । थापाले २१ हजार ३ सय ५५ मत प्राप्त गरेको छ ।

निर्वाचित दाहाल ७४ को मा सिन्धुलीबाट प्रदेशसभामा निर्वाचित भएका व्यक्ति हुन् । ७४ मा वाम गठबन्धनका तर्फबाट सिन्धुली क्षेत्र नं.–१ को प्रदेशसभा–१ बाट उमेदवारी दिएका दाहाल स्थानीय रुपमा निकै लोकप्रिय छन् ।

यस्तो छ दाहालको राजनीतिक यात्रा 
२०४६ सालदेखी मोटो मालको विद्यार्थी संगठनबाट पञ्चायत विरोधी आन्दोलनमा सक्रिय भएर माओवादी जनयुद्धमा अग्रणी मोर्चामा उभिएका राजन दाहाल सिन्धुलीका लोकप्रिय मानिन्छन् । २०३४ सालमा सुनकोशी गाउँपालिका ५ मा जन्मिएका दाहाल विद्यार्थी राजनीतिहुंदै नेकपा एकता केन्द्र र २०५२ सालदेखि माओवादी जनयुद्धमा सक्रिय भएर लागे ।

२०५३ सालमा पक्राउ परेका उनी हिरासभित्र सुरक्षा फौजले दिएको चरम यातनाबाट दैनिकजसो बेहोस् भइरहन्थे । उनको जेल जीवन २०५६ साल चैत महिनाभर रह्यो । सिन्धुली कारागार, केन्द्रीय कारागार, वीरगञ्ज कारागार र सिन्धुली जिल्ला प्रहरी कार्यालयको ७३ दिनको हिरासत बसाइ उनका लागि जीवनको सबैभन्दा कष्टकर समय रह्यो । त्यस बेला उनीमाथि सिन्धुलीगढी प्रहरी चौकीमाथिको आक्रमण लगायत १७ वटा मुद्धाहरु दर्ता गरिएका थिए ।

२०४७ सालमा नेकपा माओवादीको जिल्ला कमिटी सदस्य, २०५८ सालमा उप क्षेत्रीय व्यूरो तथा सचिवालय सदस्य तथा वाइसिएल प्रवास शाखाको सचिवको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका दाहाल प्रवासमा अखिल भारतीय नेपाली एकता समाजको केन्द्रीय महासचिव भएर माओवादी आन्दोलनमा आफ्नो दर्बिलो भूमिका निर्वाह गरेका थिए ।

२०५९ सालपछि लगातार सोलु, भोजपुर, रामेछाप लगायतका जिल्लाको जिल्ला इन्चार्जका रुपमा संगठनात्मक कौशला प्रदर्शन गरे । २०७० सालको संसदीय निर्वाचनमा सिन्धुली जिल्लाको क्षेत्र नं. १ मा माओवादीका तर्फबाट उम्मेदवार बनेका दाहाल २०७१ सालदेखि लगातार सिन्धुली जिल्लाको पार्टी अध्यक्ष र केन्द्रीय सदस्यका रुपमा काम गरिरहेका छन् । 

सादा जीवन शैली र असल आचरणका धनी नेताका रुपमा चिनिएका दाहाल सिन्धुली जिल्ला सदरमुकाका चप्पल पड्काउंदै हिडिरहन्छन् ।

सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहाल तेस्रो भएका छन् । उनले १ हजार ५ सय ५३ मत प्राप्त गरेका थिए । राप्रपाका भिष्मराज श्रेष्ठ भने चौथो भए । उनले १ हजार ३ सय ४० मत प्राप्त गरेका छन् ।

 

लेखनाथ दाहाल ‘राजन’

विशेष