News

चुनाव हारेका महेश बस्नेतले निकाले भक्तपुरमा विजय जुलुस

चुनाव हारेका महेश बस्नेतले निकाले भक्तपुरमा विजय जुलुस

भक्तपुर २ मा पराजयका बाबजुद एमालेका चर्चित नेता महेश बस्नेत आज ‘विजय र्‍याली’ निकालेका छन् । बस्नेतले एमालेका प्रदेशसभा उम्मेदवारको विजय र्‍याली निकालेका हुन् ।  

चुनाव हारेका बस्नेत विजयी उम्मेदवारकै शैलीमा अबिर माला लगाएर मतदातालाई अभिवादन गर्दै र्‍यालीमा हिँडेका थिए । समर्थकहरुले पनि उनको पक्षमा नाराबाजी गरेका छन् । आफूलाई मत हाल्ने मतदाताहरुलाई धन्यवाद दिन र्‍यालीमा सहभागी भएको उनले बताए ।

भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दुर्लभ थापा निर्वाचित भएका छन् । बिहीबार बिहान सकिएको मत गणनामा थापाले नेकपा एमालेका महेश बस्नेतलाई ८२३ मतान्तरले हराएका हुन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५०० मत पाए भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले २२ हजार ६७७ मत पाए ।

 

महेश बस्नेत विजय जुलुस

विशेष