News

माधव नेपाल भन्छन्– सरकार कस्को नेतृत्वमा वन्छ टुङ्गो छैन

माधव नेपाल भन्छन्– सरकार कस्को नेतृत्वमा वन्छ टुङ्गो छैन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अबको सरकार कसको नेतृत्वमा बन्छ भन्ने विषय स्पष्ट नभएको वताएका छन्।

बिहीबार रौतहट १ बाट निर्वाचित भएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै नेता नेपालले यस्तो बताएका हुन। चुनाव जित्नुमा आफनो इमानदारी, निष्ठा र  जनताको विश्वास प्रमुख कारण रहेको उनले वताए ।

चुनावको परिणाममा भने उनी खासै सन्तुष्ट देखिएका छैनन्। सोचेभन्दा कम मत आएको उनले वताए । ‘यो हामीले सोचेभन्दा कम मत परिणाम हो। हाम्रा कमी–कमजोरी भए होलान्। तिनलाई अब सुधारेर जानुपर्छ’ नेपालले भने।

नेकपा एकिकृत समाजवादीले हालसम्म प्रतिनिधिसभामा ७ स्थानमा जितेको छ भने ३ स्थानमा अग्रता लिइरहेको छ। 
 

विशेष