रविको पार्टीप्रति ओलीको टिप्पणीः ‘हाहा हुहु’ले देश चल्दैन
![रविको पार्टीप्रति ओलीको टिप्पणीः ‘हाहा हुहु’ले देश चल्दैन](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/10/kp-oli-575d0.jpg)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेको पार्टीप्रति टिप्पणी गर्दै ‘हाहा हुहु’ले देश नचल्ने वताएका छन् ।
बिहीबार झापामा पत्रकारहरुसँग कुरा गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका केही उम्मेदवारले जित हासिल गर्नु मामुली कुरा भएको बताए । तर, नेपालको वौद्धिक जगतले देशलाई गलत दिशातर्फ लैजान खोजेको टिप्पणी पनि उनले गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको निर्वाचन परिणाम मामुली भएको उनको टिप्पणी छ। ‘उदय भनेर जे प्रचार, जे प्रोपोगाण्डा गरियो, त्यो वास्तवमा तपाईहरु (सञ्चार माध्यम) को कृपा हो’ उनले भने, ‘देशलाई गलत बाटोतर्फ लान खोज्दै हुनुहुन्छ नेपालको वौद्धिक जगतले ।
राष्ट्रिय स्वतन्त्र पार्टीको गन्तव्य, कार्यक्रम, नीति केही नभएको भन्दै ओलीले भने–‘हाहा हुहुमा देश त चल्दैन ।’ उनले राष्ट्रिय स्वतन्त्र पार्टीको जितलाई प्रोत्साहन गर्न आवश्यक नभएको बताए । ‘भविष्यलाई जिम्मेवार ढंगले सोच्ने भन्दा हाहा हुहुमा देशलाई लैजान खोज्ने कुरा नेपालको हितमा छैन ।’– उनले भने।