सुर्य चिन्ह धारी कमल थापाको हार स्वीकार
![सुर्य चिन्ह धारी कमल थापाको हार स्वीकार](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/username-5_8/2020/03/kamal-thapa.jpg)
सुर्य चिन्हबाट चुनाव लडेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले पराजय स्विकारेका छन्। मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यतर्फ उमेदवार रहेका थापाले हार स्वीकार गरेका हुन् ।
अन्तिम मतपरिणाम सार्वजनिक नहुँदै बिहीबार बिहान उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पराजय स्वीकार गरेका छन् । उनले लेखेका छन्, ‘पराजयलाई सहर्ष स्वीकार गर्दछु । हामीलाई मत दिनुहुने सबैमा आभार । ‘सूर्य’ चिह्न लिएर चुनाव लड्ने अवसर दिएकोमा नेकपा (एमाले)लाई धन्यवाद । चुनावमा रातदिन नभनी इमानदारपूर्वक खट्ने एमालेका सम्पूर्ण कमरेडहरू, राप्रपा नेपालका साथीहरूप्रति आभारी छु ।’
हारजित स्वाभाविक भएको बताएका उनले अबका दिनमा पनि राजनीतिमा सक्रिय रहने बताएका छन् ।
‘देश र जनताको हितमा निरन्तर सक्रिय रहनेछु । २०७९ सालको चुनावले सकारात्मक परिवर्तनको पक्षमा दिएको सशक्त सन्देशलाई सबैले मनन गर्नु जरुरी छ’ उनले लेखेका छन ्‘प्रजातान्त्रिक अभ्यासमा हारजित स्वाभाविक हो । व्यक्ति हारे पनि देश, जनता र लोकतन्त्र बलियो हुँदै जानुपर्छ।’