News

ललितपुर ३ मा डा तोसिमा विजयी, भुसाल र भट्टराई पराजित

ललितपुर ३ मा डा तोसिमा विजयी, भुसाल र भट्टराई पराजित

ललितपुर ३ बाट डा तोसिमा कार्की विजयी भएकी छिन्। नेकपा माओवादीकी पम्फा भुसाल तेस्रो भईन। 

राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै विजयी भएकी हुन् ।

बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाएकी छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए । ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाइन् ।

यसअघि २०७४ को निर्वाचनमा भुसालले यही क्षेत्रबाट चुनाव जितेकी थिइन् । 
 

विशेष