News

गोरखा २ मा प्रचण्ड मतले दाहाल विजयी

गोरखा २ मा प्रचण्ड मतले दाहाल विजयी

गोरखा क्षेत्र नं. २ बाट प्रचण्ड मतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित भएका छन् । उनी १४ हजार भन्दा बढी मत अन्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीलाई पराजित गरे। नेकपा एमालेक उम्मेदवार अब्दुस मिया तेस्रो भएका छन्। 

अध्यक्ष दाहाल २६ हजार ९०३ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका बुर्लाकोटीले १२ हजार ६३७ मत ल्याए भने एमालेका अव्दुस मियाँले ७ हजार ३९३ मत पाए ।

माओवादी अध्यक्ष प्रचण्डले २०६४ यताका सबै चुनाव लगातार जित्दै आएका छन् । २०७४ को चुनाव चितवन क्षेत्र नम्बर ३ बाट जितेका उनले यसपटक गोरखा २ रोजेका थिए । 
 

विशेष