News

१० हजार मत गन्न बाँकी हुँदै चितवन २ मा रवि  विजयी

१० हजार मत गन्न बाँकी हुँदै चितवन २ मा रवि  विजयी

चितवन २ मा १० हजार मत गन्न बाँकी छँदै रवि लामिछाने विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार वनेका लामिछाने प्रतिद्वन्द्वी भन्दा झण्डै दुई गुणा भन्दा वढि मतले अगाडि छन् ।

रविलाई जित्न प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले २६ हजारभन्दा बढी मत ल्याउन पर्ने भएपछि उनी विजयी भएका हुन् ।
 
यो क्षेत्रमा ८४ हजार ३१५ मत खसेको छ। हालसम्म ७४ हजार मतगणना भइसकेको छ । गणना गर्न बाँकी १० हजार मत मात्र छ । यसका आधारमा रवि फराकिलो मतान्तरले विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार लामिछानेको मत ४२ हजार भन्दा वढि छ भने श्रेष्ठले १३ हजार ५०३ मत र नेकपा (एमाले)का कृष्णभक्त पोख्रेलले १२ हजार ७७० मत प्राप्त गरेका छन् ।
 

विशेष