प्रहरीको बर्दी लगाएर सुन कारखानामा लुटपाट, ४ जना पक्राउ
![प्रहरीको बर्दी लगाएर सुन कारखानामा लुटपाट, ४ जना पक्राउ](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/nepalaajanew_73/2020/07/arest-chinese.jpg)
काठमाडौंको न्युरोडबाट प्रहरीको वर्दी लगाएर १० तोला सुन लुटपाट भएको छ। प्रहरी हवल्दारको बर्दी लगाएर लुटपाट गर्ने सुमन राईसहित ४ जना पक्राउ परेका छन् ।
आरोपीहरुको साथबाट १ थान पेस्तोल र गोली बरामद गरिएको प्रहरीले जनाएको छ।
न्युरोडमा रहेको सुन बनाउने कारखाना पुलिसको युनिफर्म लगाएर पेस्तोल भिरेर गएका लुटेराहरूले १० तोला सुन लुटेर भागेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंले त्यसबारे जानकारी गराउन बिहिबार दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ ।