News

भोजुपरमा ६४ वर्षपछि कांग्रेसले खोलो फर्कायो

भोजुपरमा ६४ वर्षपछि कांग्रेसले खोलो फर्कायो


बाह्र वर्षपछि बगेको खोला पनि फर्किन्छ भन्ने उखान जस्तै भोजपुरमा नेपाली कांग्रेसले ६४ वर्षपछि जित निकालेको छ । 

यहाँ २०१५ सालमा कांग्रेसले चुनाव जितेको थियो । तत्पश्चात लगातार वामपन्थी दलहरूले जित्दै आएका थिए । 

भोजपुर प्रदेशसभा २ बाट नेपाली कांग्रेसका विनोद बान्तवा ७५१ मतान्तरका साथ विजयी भएका छन् । बान्तवा कांग्रेसका जिल्ला सभापतिसमेत हुन् ।

विनोदले १३५७९ मत ल्याउँदा प्रतिद्वन्द्वी नेकपा एमालेका खड्गबहादुर कार्की ‘प्रेम’ १२८२८ मा रोकिए ।

जसपाका आशकुमार राईले १३०२ मत प्राप्त गरे । यस क्षेत्रमा २९४७४ मत खसेकोमा ११४९ मत बदर भएको छ ।

 

विशेष