News

बिकेन रन्जु दर्शनाको सेलरोटी, जमानत जफत 

बिकेन रन्जु दर्शनाको सेलरोटी, जमानत जफत 

प्रतिनिधि सभा सदस्यका उम्मेदवार रन्जु न्यौपाने (दर्शना) को जमानत जफत भएको छ ।

रन्जुले यसपटक काठमाडौं क्षेत्र नम्बर ५ बाट सेलरोटी चुनाव चिह्न लिएर प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । उनको चुनाव चिह्नमा जम्मा ६०० मत खसेका छन् । कुल खसेको सदर मतको जम्मा १.४ प्रतिशत मत मात्रै प्राप्त गर्न सकिन् । यस क्षेत्रको सदर मत ४४ हजार २४९ छ ।

निर्वाचनमा भएको मतदानमा खसेको कुल सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ ।

कानुन अनुसार प्रतिनिधि सभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा धरौटीबापत रकम १० हजार जम्मा गर्नुपर्ने हुन्छ । कुल सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको धरौटीबापत रकम फिर्ता हुँदैन ।

रन्जु दर्शना

विशेष