News

मेयर हारेका सिंहले सांसद पड्काए

मेयर हारेका सिंहले सांसद पड्काए

मेयरमा हारेका राप्रपाका नेताले प्रतिनिधि सभा सदस्यको निर्वाचन जितेका छन् ।

मकवानपुर–१ बाट उम्मेदवार वनेका मा राप्रपा नेता दीपकबहादुर सिंहले कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई पराजित गर्दै विजय हासिल गरेका हुन् ।
 
सिंहले २७ हजार ८१६ मत प्राप्त गरेका छन् भने निकटतम् बनेकी कांग्रेस सहमहामन्त्री डिनाले २५ हजार ४२३ मत प्राप्त गरिन् । 

एमालेको सूर्य चुनाव चिह्नमा चुनाव लडेका राप्रपा(नेपाल) अध्यक्ष कमल थापाले २५ हजार ४२० मत प्राप्त गरे । 

सिंह वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा हेडौंडा उपमहानगरपालिकाको मेयरमा पराजित भएका थिए। त्यसको ७ महिनापछि नै उनले सांसद जिते।नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) बाट उम्मेदवार बनेकी मीना कुमारी लामाले २३,०७५ मत ल्याई मेयर जितेकी थिईन।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार अनन्तप्रसाद पौडेलले २०,९०८ मत ल्याएर दोस्रो भएका थिए भने राप्रपाका दिपक बहादुर सिंह २० हजार ५ सय ३१ ल्याएर तेस्रो भएका थिए।

राप्रपा हेटौंडामा २८ वर्षपछि विजयी भएको हो । २०५१ सालको निर्वाचनमा राप्रपाका तत्कालिन उम्मेदवार कमल थापाले एमालेका कृष्ण दाहाललाई पराजित गर्दै विजयी भएका थिए । 
 

विशेष