News

रामचन्द्र पौडेलले तनहुँबाट विजयी

रामचन्द्र पौडेलले तनहुँबाट विजयी

नेकपा एमालेका उम्मेदवारलाई हराउँदै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, तनहुँ–१ बाट निर्वाचित भएका छन् ।

पौडेलले एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराएका छन् । पौडेलले २५ हजार ३१८ मत ल्याएर जित्दा राना १९ हजार ९४३ मतमा सीमित भए । कांग्रेसकै पुराना नेता गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवार बनेर ६ हजार ८७८ मत पाए ।

 

विशेष