News

रुपन्देहीमा खसेका भन्दा बढी मत भेटिदा घण्टीका उम्मेदवारको विरोध, आयोगले भन्यो मत गणना नरोक्नु 

रुपन्देहीमा खसेका भन्दा बढी मत भेटिदा घण्टीका उम्मेदवारको विरोध, आयोगले भन्यो मत गणना नरोक्नु 

निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर २ मा रोकिएको मतगणना सुचारू गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीलाई निर्देशन दिएको छ ।

मुचुल्कामा भएको भन्दा बढी मत मतपेटिकामा भेटिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही २ को मतगणना रोक्न र पुनः मतदान गर्न माग गरेको थियो । निर्वाचन आयोगले मतपेटिकामा भएको मतलाई आधिकारिक मत मानेर गणना सुचारु गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो ।

विवादको विषयमा जानकारी गराउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगसँग राय मागेको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई रायसहितको निर्देशन दिँदै आयोगले भनेको छ( ‘ब्यालेटभित्र भएको मत नै यथार्थ मत भएको मानी तुरुन्त गणना गर्नू ।’

गणना गर्दा सकेसम्म सबै पार्टीका प्रतिनिधि राख्न र सहमति हुन नसके कानूनबमोजिम गणना गरेर नतिजा प्रकाशित गर्न आयोगले निर्देशन दिएको छ ।
मतगणना रोक्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि बाहिरिएपछि गणना अवरुद्ध भएको थियो ।

शुक्रबार बिहानैको विवाद नसल्टिएपछि निर्वाचन कार्यालयले आयोगसँग राय मागेको हो ।

विशेष