News

यी हुन् हालसम्म सर्वाधिक कम मतान्तरले निर्वाचित हुने उम्मेदवार 

यी हुन् हालसम्म सर्वाधिक कम मतान्तरले निर्वाचित हुने उम्मेदवार 

काभ्रेपलाञ्चोक जिल्लाको निर्वाचन क्षेत्र नं. १ (२) मा नेपाली कांग्रेसका तीर्थबहादुर लामा जम्मा तीन मतले विजयी भए । उनी १९ हजार २८० मतसहित निर्वाचित हुँदै गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्र बहादुर लामाले उनीभन्दा जम्मा तीन मत कम अर्थात् १९ हजार २७७ मत पाए ।

मत परिणाम रोचक भएर आइरहँदा अन्तिममा चन्द्रलाई हराउँदै तीर्थ निर्वाचित भए । 

पाँचथरमा पनि रोचक प्रतिस्पर्धामा भयो । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका वसन्तकुमार नेम्वाङ थोरै मतले निर्वाचित भए । उनी जम्मा ३२ हजार ११० मत पाएर निर्वाचित भएका हुन् ।

उनलाई पछ्याएका नेपाली कांग्रेसका भीष्मराज आङदेम्वेले ३२ हजार ६३ मत मात्र प्राप्त गरे । कडा  प्रतिस्पर्धाका बीच आङदेम्बे ४७ मतले पराजित भए भने नेम्वाङ विजयी भए । 

संखुवासभा निर्वाचन क्षेत्र नं. १ (१) मा नेकपा माओवादी केन्द्रका राजेन्द्र कार्की निर्वाचित भए । त्यहाँ नेकपा एमालेका भविश्वर गुरुङ पराजित भए । गुरुङभन्दा ३४ मत बढीले मात्रै कार्की निर्वाचित भएका हुन् ।

माओवादी केन्द्रका उम्मेदवार कार्कीले १३ हजार ४३३ मत पाएर निर्वाचित हुँदा एमालेका गुरुङले १३ हजार ३९९ मत मात्र पाएका हुन् ।  

विशेष