News कभर स्टोरी

रविबिरुद्व गृहमा अर्को उजुरी

रविबिरुद्व गृहमा अर्को उजुरी

अवैध नागरिकता प्रयोग गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध गृह मन्त्रालयमा छानबिनको माग गर्दै निवेदन परेको छ। उनीमाथि छानबिन गरी कारबाहीको माग गर्दै शुक्रबार मन्त्रालयमा उजुरी दर्ता भएको हो।

लामिछाने चितवन–२ बाट प्रतिनिधिसभामा निर्वाचित भइसकेका छन् । उनीविरुद्ध गृह मन्त्रालयको गुनासो शाखामा छानबिनको माग गर्दै उजुरी निवेदन परेको हो । 

लामिछानेको नागरिकताको विषयमा निर्वाचन आयोगमा समेत उजुरी परेको थियो। आयोगले छानबिन गर्न समय नपुगेको भन्दै निवेदन सम्बन्धमा प्रवेशै नगरी टुंग्याएको छ ।

विशेष