News

धनुषा ३ मा निधिको क्षेत्रबाट अनिल झालाई हराउँदै जुली महतो निर्वाचित

धनुषा ३ मा निधिको क्षेत्रबाट अनिल झालाई हराउँदै जुली महतो निर्वाचित

सत्ता गठबन्धनका उम्ममेदवार अनिलकुमार झालाई पराजित गर्दै धनुषा ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो निर्वाचित भएकी छन् । 

उनले सत्ता गठबन्धनबाट उम्मेदवार वनेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का झालाई ९ हजार ६६९ मत अन्तरले पराजित गरेकी हुन। 

जुलीले ३३ हजार ३५५ मत ल्याएर निर्वाचित हुँदा अनिलले २३ हजार ६८६ मत ल्याएका छन्। एमालेले यो क्षेत्रमा एकल प्रतिस्पर्धा गरेको थियो ।

लामो समयपछि यो क्षेत्रमा एमाले जितेको हो । ०७४ मा यो क्षेत्रबाट तत्कालीन राजपा नेपालका नेता राजेन्द्र महतोले जितेका थिए भने ०७० सालमा जुलीलाई पराजित गरी नेपाली कांग्रेसका विमलेन्द्र निधि निर्वाचित भएका थिए ।


 

विशेष