News

सिटौलाको राजनीतिक अवसानः ८ पटक चुनाव लड्दा पाँचौ पटक पराजित

सिटौलाको राजनीतिक अवसानः ८ पटक चुनाव लड्दा पाँचौ पटक पराजित

कांग्रेसभित्रको आन्तरिक संघर्ष र राष्ट्रिय राजनीतिमा सधैं अग्रमोर्चामा रहने नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला जनमत आकर्षित गर्ने कुरामा भने लगभग असफल जस्तै भएका छन्। आफनो संसदिय राजनीतिक जिवनमा उनले सफलता भन्दा आसफलता वढि ब्यहोर्नु परेको छ।

उनले उपनिर्वाचनसमेत गरी ८ पटक चुनाव लडे। तर, जित भने विरलै पाएका छन् । गत मंसिर ४ को निर्वाचनसहित उनी उनले पाँचौं पटक पराजय भोगिसकेका छन् । गत निर्वाचनका प्रतिस्पर्धी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग मात्रै उनको चौथो भिडन्त हो। जसमा उनी दुई पटक पराजित भएका छन्।

यस पटक लिङ्देनले सिटौलालाई ३ हजार २ सय ७६ मतान्तरले पराजित गरेका छन । सिटौलाले ३७ हजार ३ सय ८६ मत ल्याउँदा लिङ्देनले ४० हजार ६ सय ६२ मत ल्याएर जित हासिल गरे। पछिल्लो पटक सिटौलाले ०७० मा लिङ्देनलाई पराजित गरे भने ०७४ र यसपटक लिङ्देनले सिटौलालाई पछि पारे । उनीहरू जसरी चुनावमा प्रतिस्पर्धी बनेका छन्, उनीहरूबीच वैचारिक र सैद्धान्तिक मतभेद पनि उसैगरी ठीक विपरीत छ।

को हुन सिटौला ?
२००६ सालमा तेह्रथुमको आठराईमा जन्मिएका सिटौला ०३३ सालदेखि संगठित रूपमा कांग्रेसमा लागेर ०४३ मा झापा जिल्ला उपसभापति भएका थिए । ०४६ सालमा झापामा जनआन्दोलनको नेतृत्व गरेका सिटौला बहुदलपछि कांग्रेसको जिल्ला सभापति भए भने ०५६ मा पार्टीको केन्द्रीय समन्वय विभाग प्रमुख भए।

१० औं महाधिवेशनबाट पहिलोपटक केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी त्यसबेला कृष्णप्रसाद भट्टराईसँग नजिक थिए । पछि गिरिजाप्रसाद कोइरालाको विश्वासपात्र बने र पार्टीको महामन्त्रीको जिम्मेवारी पाए । त्यही बेला उनले उद्योगमन्त्री हुँदै ०६३ सालमा कोइराला नेतृत्वको सरकारमा गृहमन्त्रीसम्मको जिम्मेवारी पाए ।

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उपप्रधान, रक्षा, कानुन न्याय तथा संविधानसभा व्यवस्थामन्त्री बन्ने अवसर पनि सिटौलाले पाएका थिए ।

गिरिजाको अवसानपछि सिटौला पार्टीभित्र तेस्रो धारका रूपमा उभिए । १३ औं महाधिवेशनमा केन्द्रीय सभापति पदको उम्मेदवार बने भने १४ औं महाधिवेशनको मुखैमा सभापति देउवासँग मिले।

गठबन्धनको बलमा सरकार र संसदमा प्रभावकारी ठाउँ लिन चाहान्थे सिटौला

पार्टी तथा राष्ट्रिय राजनीतिमा सधैं केन्द्रभागमा रहेका सिटौला अधिकांश समय निर्णायक भूमिकामै रहे। सात दल र माओवादीबीचको १२ बुँदे शान्ति सम्झौता गर्दादेखि निर्णायक भुमिकामा रहेका सिटौला सत्ता गठबन्धन दलबीच मध्यस्थकर्ता समेत बने।

वर्तमान संविधानको धर्मनिरपेक्षता र समानुपातिक व्यवस्थाका पक्षधर रहेका सिटौला संविधानसभामा मस्यौदा समितिको संयोजक भएर भूमिका निर्वाह गरेका थिए। संविधानमा ‘धर्मनिरपेक्षता, संघीयता र समानुपातिक’ व्यवस्था ल्याउन भूमिका खेल्ने नेताका रूपमा समेत उनले जस पाउने गरेका छन् ।

पछिल्लो समय सत्ता गठवन्धनमा सिट बाँडफाँट र सत्ता साझेदारीका थुप्रै विषयमा नेतृत्व गरेका उनी सत्ता र संसदीय राजनीतिका चतुर खेलाडी मानिन्छन्। तर, यस पटकको पराजय सँगै सिटौलाको संसदीय राजनीतिमा अब करिब–करिब पूर्णविराम लागेको छ । 

पार्टी महाधिवेशनमा सभापति शेरबहादुर देउवाको सहयोगीका रूपमा प्रस्तुत भएका सिटौला यसपटक सत्ता गठबन्धनको बलमा सरकार र संसद्मा प्रभावकारी ठाउँ लिने दाउमा थिए। तर उनको त्यो सपना अपूरो बनेको छ ।
 

यस्ता डरलाग्दा घट्नामा जोडिएका थिए सिटौला
मुस्लिम कोटाबाट निर्वाचित भएर कांग्रेसको केन्द्रिय सदस्य र ४ पटक मन्त्री भईसकेका मोहम्मद आफताब आलमले २०६५ को संविधानसभा निर्वाचन विथोल्न बमको खेती गरे। ०६४ चैत २७ गते बम बनाउन लगाएका २२ जना कामदारहरू बम विष्फोट भएर घाईते भए। उनीहरुलाई जिउँदै ईँटा भट्टामा लगेर डढाएर मारेको तथ्य अहिले पनि ताजै छ। तर, त्यो अभियोगमा मुछिएकाहरुलाई तत्कालीन गृहमन्त्री सिटौलाको निर्देशनमा संरक्षण र अभयदान दिएर जोगाएको आरोप लाग्ने गरेको छ।

यसअघि उनी सुडान शान्ति मिशनमा गएका नेपाल प्रहरीका १४० अधिकारी र जवानका लागि पठाउने एपीसी गाडी र बन्दोबस्तीका सामान खरिदमा भएको २९ करोड रुपैयाँको भ्रष्टाचारका मुख्य  नाईकेका कारणमा पनि सिटौला चिनिन्छन्। गिरिजाप्रसाद कोईरालाको जोडबलमा उनलाई जोगिएको थियो।

‘सुडान घोटाला’ प्रकरणमा २०६८ फागुन १ गते विशेष अदालतका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की, सदस्य (न्यायाधीश) द्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेले दिएको फैसलामा राजनीतिक तहमै मूख्य दोष जाने ठहर गर्दै भनिएको छ, ‘जानीजानी पदको दुरुपयोग गरी राष्ट्रिय सम्पत्तीको बदनियतपूर्ण तवरले भ्रष्टाचार गरिन्छ भने यस अदालतले कानुनका रौँचिरा अनर्गल ब्याख्या गरी आँखा चिम्लेर बस्न सक्दैन, अपराधीलाई सूनपानीले चोख्याउन सक्दैन । राज्यले विधायिकाले सुम्पेको अख्तियारीलाई विधायिकाको मनसाय अनुरुप सकारात्मक रुपले ब्याख्या गरेर राज्यलाई न्याय प्रदान गर्नेतिर उन्मुख हुन्छ ।’

कृष्णप्रसाद सिटौला

विशेष