News

मोरङ ६ बाट शेखर कोइराला निर्वाचित, १२२८६ मतले हारे लालबाबु

मोरङ ६ बाट शेखर कोइराला निर्वाचित, १२२८६ मतले हारे लालबाबु

मोरङ ६ बाट नेपाली कांग्रेसका नेता शेखर कोइराला निर्वाचित भएका छन् । नेकपा एमालेका लालबाबु पण्डितलाई १२२८६ मतान्तरले पराजित गर्दै कोईराला निर्वाचित भएका हुन।

कोइरालाले ३५ हजार २१८ मत ल्याए भने एमालेका पण्डितले २२ हजार ९३२ मत ल्याएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले ९५७१ मत पाए भने राप्रपाका गोपाल क्षेत्रीले ८८२९ मत पाएका छन् ।

गत ०७४ को निर्वाचनमा यो क्षेत्रबाट लालबाबुले जितेका थिए। उनले गत निर्वाचनमा शेखर कोइरालालाई नै पराजित गरेका थिए। 
 

विशेष