News

७० करोडको हल्लाले पनि रोकेन बास्कोटालाई, जित निश्चित

७० करोडको हल्लाले पनि रोकेन बास्कोटालाई, जित निश्चित

काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाको जित निश्चित भएको छ । गन्न बाँकी  मत भन्दा मतान्तर वढि भएपछि उनको जित सुनिश्चित भएको हो।

काभ्रे २ मा ५ हजार ९ मत गणना हुन बाँकी छ। तर, बाँस्कोटा प्रतिस्पर्धिभन्दा ५७१८ मतान्तरले अगाडि छन्। 

बेथानचोक, बनेपा पनौतफ, भुम्लु मन्डनदेउपुर, पाँचखाल, धुलिखेलका ३ वडाको मत गणना भइसक्दा बाँस्कोटाले ४३ हजार ६८१ मत पाएका छन् भने कांग्रेसका शिवप्रसाद हुमागाईंले ३७ हजार ९६३ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ९४७८ मतका साथ तेस्रो स्थानमा छन्। 

सेक्युरिटी प्रेस खरिदमा ७० करोडको मोलमोलाई गरेको अडियो बाहिरिएपछि बास्कोटा विवादमा परेका थिए। अडियो बाहिरिएपछि सञ्चार मन्त्री र सरकारको प्रवक्ताबाट उनलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले नै फिर्ता बोलाएका थिए । बाँस्कोटाको त्यो अडियोबारे स्वतन्त्र पुष्टि भइसकेको छैन । तर, मन्त्रीबाट फिर्ता बोलाएपछि ओली स्वयंमले चाहेर पनि उनलाई दोस्रोपटक मन्त्री बनाउन सकेनन् ।

सोही विवादको न्यायिक र स्वतन्त्र निरुपण नभई चुनावी मैदानमा उत्रिएका कारण यसपटक बाँस्कोटामाथि अत्याधिक प्रश्न नागरिक स्तरमा उठेको थियो। 
 

विशेष