News

कर्णाली प्रदेशसभामा पुग्ने एक्लो दलित बने रणसिंह परियार 

कर्णाली प्रदेशसभामा पुग्ने एक्लो दलित बने रणसिंह परियार 

हुम्लाबाट प्रदेश सभा सदस्यमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार निर्वाचित भएका छन् । उनी कर्णाली प्रदेश सभामा पुग्ने एक्लो दलित उम्मेदवार बनेका छन् । प्रदेश सभा सदस्यका लागि १२ निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले मात्रै दलित उम्मेदवार उठाएको थियो । 

गठबन्धनबाट माओवादी केन्द्रका परियारले टिकट पाएपनि नेपाली कांग्रेसका मंगलबहादुर शाहीले बागी उम्मेदवारी दिएका थिए । शाहीलाई १८५१ मतले पराजित गर्दै परियार विजयी भएका हुन् ।

माओवादीका परियारले ६४८१ मत ल्याए भने शाही ४६३० मत ल्याए । यस्तै एमालेका दल फडेराले २०९९, एकीकृत समाजवादीका हस्तबहादुर शाहीले ७८८ मत पाए । यहाँ ३३२ मत बदर भएको छ ।

 

रणसिंह परियार 

विशेष