News

माधवसँगै बसेका दाईले जितेः ओलीको पछि लाग्ने भाईले हारे !

माधवसँगै बसेका दाईले जितेः ओलीको पछि लाग्ने भाईले हारे !

एमाले फुटेर केपी ओली र माधव नेपालको दुई पार्त्टी बन्दा दुईतिर लागेका पाण्डे दाजुभाई मध्ये एकले जित र एकले हारे बेहोरेका छन् । पार्टी विभाजनसँगै सुरेन्द्र पाण्डे र राजेन्द्र पाण्डे पनि फरकफरक कित्तामा उभिएका थिए ।

भाई सुरेन्द्र नेकपा एमालेका उपाध्यक्ष हुन् भने दाई राजेन्द्र नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष हुन् । राजेन्द्रको निर्वाचन क्षेत्र धादिङ–१ हो भने सुरेन्द्रको चितवन–१ ।

बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका राजेन्द्रले धादिङ–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । ०७४ मा धादिङ १ ९क० बाट प्रदेशसभा सदस्य बनेका राजेन्द्र यो पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । आठ हजार मतान्तरहित निर्वाचित भएका राजेन्द्र यसअघि २०४८, २०५१, २०५६ र २०७० मा धादिङबाटै निर्वाचित भएका थिए । उनले आफ्नै सहकर्मी एमालेका भूमिप्रसाद त्रिपाठीलाई राजेन्द्रले हराए । त्रिपाठीले २७ हजार नौ सय ५३ मत प्राप्त गर्दा उनले ३५ हजार ९ सय ३४ मत प्राप्त गरे ।

सुरेन्द्र भने चितवन–१ बाट पराजित हुन पुगे । गत ०७४ को निर्वाचनमा राजेन्द्र प्रदेशसभामा र सुरेन्द्र प्रतिनिधिसभामा निर्वाचित भएका थिए । घण्टी चुनाव चिह्न लिएर चितवन–१ मा उठेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले सुरेन्द्रलाई ७ हजार ५ सय ८१ मतान्तरले पराजित गरेका हुन् ।

उनीहरु दुवै एमालेमा हुँदा पनि माधव नेपाल निकटका नेताहरु मानिन्थे । एमाले विभाजनतर्फ जाँदैगर्दा सुरेन्द्र पनि सुरुमा ओलीको विरोध गर्दै नेपालको समर्थनमा थिए । पार्टी विभाजन हुँदा दाजु राजेन्द्रले नेपालको साथ छाडेनन् । सुरेन्द्र भने १० बुँदे सहमति गर्दै ओलीतिरै ढल्किएका थिए ।

विशेष