गोकुल बास्कोटा भन्छन्ः ७० करोडको आरोपलाई जन अदालतले खारेज गर्याे
नेकपा एमाले नेता गोकुल बासकोटा आफूमाथि लगाएको ७० करोडको आरोपलाई जनताको अदालतले खारेज गरेको बताएका छन् ।
काभ्रे २ बाट निर्वाचित भइसकेपछि बास्कोटाले भने, ‘निर्वाचनको बेलामा अरु मसला नभएपछि विपक्षीले बनाए । मैले त मेरो उम्मेदवारी नै खारेज गरेको भए हुन्थ्यो नि त्यसो भए त्यही बेलामा भनेको थिए । त्यसैले आफूमाथि लागेको आरोप सत्य होइन भन्ने पुष्टि भइसक्यो । कसले के भन्छन् भन्ने कुराको पछि लागेर हिँड्न आवश्यक छैन । त्यो कुरा गलत हो भनेर जनअदालतले खारेज गरिसकेको छ ।’