News

सुनसरी ४ मा संचारमन्त्री कार्कीले लगाए धाँधलीको आरोप, मतगणना स्थगित

सुनसरी ४ मा संचारमन्त्री कार्कीले लगाए धाँधलीको आरोप, मतगणना स्थगित

सुनसरी ४ मा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मत गणनामा धाँधलीको आरोप लगाएर मतगणना स्थगित गराएका छन् । 

मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसका उम्मेदवार कार्कीले घटना छानबिनको मागसहित सर्वदलीय बैठक माग गरेका छन् ।

अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ । मतगणना रोकिनुअघिसम्म पछिल्लो मत परिणाम अनुसार कांग्रेस उम्मेदवार कार्की २३ हजार ४३९ मतका साथ झिनो अग्रतामा छन् ।

एमाले उमेदवार जगदिश कुसियैतले २३ हजार ३४१ मत पाएका छन् । अब यहाँ ८ क्षेत्रको मत गणना गर्न बाँकी छ । 
 

विशेष