News

मोरङ ३ मा रेखा थापाको कन्तविजोग, कांग्रेसका सुनिल शर्मा निर्वाचित

मोरङ ३ मा रेखा थापाको कन्तविजोग, कांग्रेसका सुनिल शर्मा निर्वाचित

मोरङ –३ मा अभिनेत्री रेखा थापा पराजित भएकी छन्। उनी तेस्रो भईन भने कांग्रेसका सुनिलकुमार शर्मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

शर्माले ४८ हजार ६३१ मत पाए भने एमालेका भानुभक्त ढकालले २५ हजार ८९५ मत ल्याएर दोस्रो भए। राप्रपाबाट चुनाव लडेकी थापाले भने १० हजार ९९८ मात्रै पाएकी छिन् ।

०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट एमाले नेता ढकाल विजयी भएका थिए। ढकालले ४२ हजार ४ सय १३ मत ल्याएर विजयी हुँदा कांग्रेसका शर्मा ४० हजार ५ सय ६ मत ल्याएर दोस्रो भएका थिए।

रेखा थापाको जन्मस्थान पनि मोरङ ३ कै सलकपुरमा पर्छ। आफू हुर्केको ठाउँ भएको र युवाको मत तान्न सक्ने भएकाले आफूले निर्वाचनको लागि मोरङ ३ रोजेको थापाको भनाई थियो। चुनावमा पराजित भएपछि अभिनेत्री थापाले शनिबार बिहान सामाजिक सञ्जालमार्फत् कांग्रेस नेता शर्मालाई वधाई दिएकी छन्।
 

विशेष