अन्ततः हारे घनश्याम भुसाल, काम लागेन गठबन्धनको समर्थन
![अन्ततः हारे घनश्याम भुसाल, काम लागेन गठबन्धनको समर्थन](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/11/ghanashyam.jpg)
रुपन्देहीको १ मा एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल पराजित भएका छन् ।
नेकपा एमालेका नेता छविलाल विश्वकर्मासँग भुसाल पराजित भएका हुन। उनी ३ हजार ५ सय ६४ बढी मतले पराजित भएका हुन।
छविलालले २४ हजार ८७२ मत ल्याएका छन् भने भुसालले २१ हजार ३०८ मत पाएका छन्। भुसाललाई सत्ता गठबन्धनको समेत समर्थन थियो।