१६ मतले पछि परे नेम्वाङ, झलनाथ खनाल २ हजार वढि मतले पछाडि
![१६ मतले पछि परे नेम्वाङ, झलनाथ खनाल २ हजार वढि मतले पछाडि](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/11/nemwang.jpg)
इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ १६ मतले पछि परेका छन् । उनलाई नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १६ मतले उछिनेका हुन।
खड्काले २८ हजार ४८६ मत ल्याउँदा नेम्वाङले २८ हजार ४७० मत ल्याएका छन् ।
यसैगरी इलाम १ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत नेकपा एसकका नेता झलनाथ खनालभन्दा २ हजार ६४१ मतले अगाडि छन् । वस्नेतले १७ हजार ५०५ मत ल्याउँदा खनालले १४ हजार ८६४ मत पाएका छन् ।