News

हार्न लागेपछि चुनावमा धाँदली भएको खनालको आरोप, पुननिर्वाचनको माग

हार्न लागेपछि चुनावमा धाँदली भएको खनालको आरोप, पुननिर्वाचनको माग

हार्ने सम्भावना वढेपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रको चुनावमा धाधँली भएको आरोप लगाएका छन् । २ हजारभन्दा वढि मतले पछि परेपछि खनालले पुनः मतदान गर्नुपर्ने माग समेत गरेका छन् ।

‘सुरुबाटै त्रुटिहरु देखिएका छन् । खसेको भन्दा धेरै गणना कसरी हुन्छ ?’ खनालले भनेका छन्–‘कुनै ब्रम्हाले ल्याएर त त्यहाँ राखेनन् होला । त्यो धाँधलीकै प्रमाण हो ।’

पछिल्लोपटक गणना भएको ६ वटा केन्द्रको मत गणना गर्दा खसेको भन्दा २६६ बढी मत गणना भएको उनको आरोप छ। नेकपा एकिकृत समाजवादीका नेता खनालले यस वारे पत्रकार सम्मेलनको आयोजना गर्दैछन् ।

‘मैले प्रमुख निर्वाचन आयुक्तसँग पनि कुरा गरें, उहाँसँग पनि यसको जवाफ छैन,’ पूर्वप्रधानमन्त्री खनालले भने, ‘अब रिपोलिङको विकल्पै छैन ।’ यसअघि पनि ५५५ मत हराएको भन्दै मतगणना स्थगित भएको थियो ।

पछिल्लो गणनाअनुसार, इलाम–२ मा नेकपा एमालेका महेश बस्नेतले अग्रतालाई लिइरहेका छन् भने खनाल तेस्रोमा छन् । वस्नेतले १८ हजार ५४२, मंगोल नेशनल अर्गनाइजेसनका बुद्धलाल मेचेले १७ हजार ८२२ र खनालले १६ हजार ८७ मत पाएका छन् ।

विशेष