News

एमालेका उम्मेदवार नरबहादुर धामीलाई कञ्‍चनपुर-२ का मतदाताको प्रश्न, ‘महामारीमा कता थियौ?’

एमालेका उम्मेदवार नरबहादुर धामीलाई कञ्‍चनपुर-२ का मतदाताको प्रश्न, ‘महामारीमा कता थियौ?’


आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मत माग्‍न उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगिरहेका छन् । यस्तो अवस्थामा नेकपा एमालेबाट कञ्‍चनपुर-२ मा उम्मेदवार बनेका नरबहादुर धामीलाई निकै सकस परेको छ । 

२०७४ सालमा वाम गठबन्धनको आडमा जित हात पारेका धामी मुस्किलले पाँच पटक जनतासमक्ष पुगेका छन् । कोरोना महामारीले देशलाई थला पारिरहेको समयमा सबै जनप्रतिनिधिहरु आ-आफ्नो क्षेत्रमा खटिँदा नेकपा एमालेका सांसद् भने काठमाडौंमै आराम गरिरहेका थिए । 

नागरिकहरुले अक्सिज, स्यानिटाइजर, अक्सिजन कन्सनट्रेटरका लागि टेलिफोन गर्दा उनले मोबाइल अफ गरेर बसे । अहिले उनी चुनावी अभियानका क्रममा फेरि मत माग्‍न जनताको घरदैलोमा गइरहेका छन् । पाँच वर्षमा पहिलो पटक आफ्नो घरदैलोमा आएको भन्दै मतदाताले नै उम्मेदवारलाई गिज्याइरहेका छन् । 

धामीसँग कञ्‍चनपुर २ का जनताका लागि गरेको र जनतालाई बुझाउनसक्ने कुनै उल्लेखनीय काम गर्न सकेका छैनन् । उनले ओठे जवाफ फर्काउने गरेका छन्र्, कोरोना महामारीले गर्दा गाउँ आउन पाइएन ।’ 

कोरोना महामारीको समयमा जनताले प्राणवायु अक्सिजन नपाउँदा जनताले आफ्नो अभिभावक र सरकारमा जाने प्रतिनिधि भनेर चुनिएका नरबहादुर भने मोबाइल अफ गरेर काठमाडौंमा नै बसेका थिए । कयौं बिरामीहरुले काठमाडौं आएर उनलाई भेट्न खोज्दा पनि आफू व्यस्त भएको जवाफ फर्काउने गरेका थिए । 

दुई तिहाइ बहुमतको सरकारका नेता र सांसद् हुँदा पनि आफ्नो क्षेत्रको विकासका लागि कुनै उल्लेखनीय काम गर्न सकेनन् । स्पष्टरुपमा भन्दा उनको पाँच वर्षमा जनताले आफ्नो जनप्रतिनिधि भएको महसुस गर्न पाएनन् । कुनै काम गर्न नसक्ने, पार्टी केन्द्रमा र सरकारमा कुनै पहुँच स्थापित गर्न नसक्ने र जनताका सुखदुखमा साथ दिन नसक्ने धामीले फेरि आफूलाई जिताउनका लागि मत मागिरहँदा जनताले भने उनलाई प्रश्‍न गरेका छन्- महामारीमा कता थियाै ?’

उनै धामीले वाम गठबन्धनको आडमा पराजित गरेका एनपी साउद भने निरन्तर जनताको सेवामा खटिए । आफ्नो क्षेत्रमात्र नभएर सिंगो जिल्ला र सुदूरपश्‍चिमका जनताको सुखदुस्ख उनीहरुकै घरदैलोमा पुगेर खुसी र दुस्ख बाँडे र कति ठाउँमा सान्त्वना दिएर फर्किए । 

कोरोना संक्रमणबाट जोगिने उपायहरु खोजी गर्दा र संक्रमितको उपचार नपाएर जनताहरु छट्पटिरहँदा कञ्‍चनपुर-२ का जनताले जिताएका जनप्रतिनिधि काठमाडौंमा आराम गरिरहेका थिए भने पराजित भएका साउँद आफैं त्यस क्षेत्रमा पुगेर स्वास्थ्य सामग्री उपलब्ध गराउने, संक्रमितको उपचारको व्यवस्था गर्ने, अक्सिजन अभाव भएका ठाउँमा अक्सिजन उपलब्ध गराउनेलगायतका काममा सक्रिय भए । 

सुदूरपश्‍चिममा अक्सिजन अभाव हुँदा १०० सिलिण्डर अक्सिजन बोकेर नेता साउँद आफैं विभिन्‍न अस्पतालहरुमा पुगेका थिए। यतिमात्र नभएर विभिन्‍न शिविरमा खाद्यान्‍न पुर्‍याए, लत्ताकपडा, अपांगलाई ह्विलचेयरलगायतका अत्यावश्यक सामग्री लगेर नागरिकका असहजतामा हाजिर भए। महामारीमा मात्र नभएर उनले समग्र कञ्‍चनपुरको विकासका लागि नेता साउँदको ठूलो भूमिका रहेको छ। सडक, पुल, सिचाईं, भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्यमा नेता साउँदले गरेको विकास निर्माणका कामहरु उल्लेखनीय रहेका छन् । 

जनताको दस्खमा साथ दिनुको साटो भाग्‍ने नेकपा एमालेका उम्मेदवार नरबहादुर धामी भोट माग्दै गाउँ पसे पनि निराश भएर फर्किनुपर्ने अवस्था छ । उनी केपी शर्मा ओलीले गरेको असंवैधानिक कदम र संविधानलाई नै खतरामा पार्ने ओलीको षड्यन्त्रका मतियार पनि हुन् । ओलीले गरेका हरेक गल्तीमा उनले आँखा चिम्लेर साथ दिएका छन् ।

नरबहादुर धामी

विशेष