News

मन्त्रीको ‘लिँडेढिपी’ले सुनसरी ४ को मतगणना ३ दिनदेखि अवरुद्ध

मन्त्रीको ‘लिँडेढिपी’ले सुनसरी ४ को मतगणना ३ दिनदेखि अवरुद्ध

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको ‘लिँडेढिपी’ का कारण सुनसरी ४ को मतगणना अवरुद्ध भएको छ । सो क्षेत्रको मतगणना तीन दिनदेखि अघि वढ्न सकेको छैन।

मत परिणाम आफुले सोचेजस्तो नभएपछि उनले मतगणनामा धाँदली भएको भन्दै पुनःगणनाको माग राखेका छन् । यस क्षेत्रमभा कोसी गाउँपालिका र भोक्राह गाउँपालिकाका सबै, बराह नगरपालिकाका ६,७,८,९,१० र ११ नम्बर वडा, रामधुनी नगरपालिकाको वडा नम्बर ४, इनरुवा नगरपालिकाको ३,४,८ र हरिनगगर गाउँपालिकाको १,२,४,५,६ र ७ नम्बर वडासहित २३ वटा वडा पर्छन् ।

वराहक्षेत्र नगरपालिकाको वडा नम्बर १० र ११, हरिनगर गाउँपालिकाको ६ र ७, भोक्राह गाँउपालिकाको वडा नम्बर ७ र ८ तथा कोसी गाउँपालिकाको ५ र ६ तथा वराहक्षेत्र नगरपालिकाको ९ को मत गन्न बाँकी छ।

हालसम्म गणना भएको १५ वटा वडाको मतमा कार्की ९८ मतले मात्रै अगाडि छन् । कार्कीले २३ हजार ४३९ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जगदीश प्रसाद कुसियैतले २३ हजार ३४१ मत पाएका छन् । त्यहाँ अहिलेसम्म ६१ हजार ५२४ मत गणना भएको छ ।

मत गणनामा धाँधली भएको भन्दै मन्त्री कार्कीले पुन मतगणना हुनु पर्ने माग राख्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । एमालेले भने तत्काल मत गणना शुरु गर्न माग गरेको छ। तर निर्वाचन आयोगले पुन मतगणना गर्ने कि अहिलेकै अवस्थाबाट मतगणना अगाडि बढाउने भन्ने निर्णय गरिसकेको छैन ।

यता लामो समयसम्म मतगणना अवरुद्ध हुँदा मन्त्री कार्कीले सत्ताको दुरुपयोग गरेर गडवढ गर्न सक्ने भन्दै विपक्षीहरू त्रसित भएका छन् ।
 

विशेष