News

संसदमा ब्यापारीको वर्चस्व, कांग्रेसका मात्रै ८ जना

संसदमा ब्यापारीको वर्चस्व, कांग्रेसका मात्रै ८ जना

गत मंसिर ४ गतेको प्रतिनिधि सभाको निर्वाचनबाट संसदमा ब्यापारीको वर्चस्व वढेको छ। जसमा कांग्रेसका मात्रै ८ जना छन।

नेपाली कांग्रेसका तर्फबाट चुनाव लडेका ९ मध्ये ८ जनाले ब्यापारीले चुनाव जितेका छन् । नेकपा एमालेबाट चुनाव लडेका ३ जना व्यापारी भने पराजित भएका छन् ।

संसद छिर्नेमा पहिलो नम्वरमा अर्बपति उद्योगपति बिनोद चौधरी छन्। परासी–१ बाट चुनाव जितेका चौधरी, यसअघिको संसदमा समानुपातिकतर्फबाट सांसद भएका थिए ।

यसैगरी, पर्यटन व्यवसायी राजेन्द्र बजगाईले गोखरा–१ बाट चुनाव जितेका छन् भने निर्माण व्यवसायी मोहन आचार्यले रसुवाबाट चुनाव जितेका छन् । ०७४ मा पनि उनी रसुवाबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

मनाङबाट व्यवसायी टेकबहादुर गुरूङ प्रतिनिधिसभाका लागि निर्वाचित भएका छन् भने मुस्ताङबाट योगेश गौचन थकाली निर्वाचित भएका छन् । 

मेडिकल व्यवसायी सुनिलकुमार शर्माले मोरङ ३ बाट चुनाव जितेका छन् भने रामेछापबाट निर्माण व्यवसायी कान्छाराम तामाङ निर्वाचिन बनेका छन् । कान्छाराम क वर्गका ठेकेदार समेत हुन् ।

यसैगरी, ग्यास व्यवसायी कृष्णकुमार श्रेष्ठ बारा निर्वाचन क्षेत्र ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढा निर्वाचित भए। 

काठमाडौं–६ बाट शिशिर खनाल निर्वाचित भएका छन्। चितवन–३ बाट प्रतिनिधिसभामा राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डे निर्वाचित भएका छन् । भने सिरहा–४ बाट जनता समाजवादी पार्टीका उम्मेदवार व्यवसायी डा. वीरेन्द्र महतो निर्वाचित भएका छन् । 
 

विशेष