News

नेपाली बजारमा आयो मोबाइलले लगाउने कण्डम, कति पर्छ मूल्य?

नेपाली बजारमा आयो मोबाइलले लगाउने कण्डम, कति पर्छ मूल्य?

यदि तपाईं पब्लिक चार्जिङ स्टेशन प्रयोग गरेर आफ्नो स्मार्टफोन तथा ट्याब्लेट चार्ज गर्नुहुन्छ भने सुरक्षाका लागि सिंकस्टप यूएसबी कण्डम प्रयोग गर्न अत्यन्तै जरुरी हुन्छ । यूएसबी डाटा ब्लकिङ कन्डम एउटा यस्तो उपाय हो जसले तपाईंलाई आफ्नो फोनमा रहेका महत्वपूर्ण डाटाहरु ह्याकरको हातमा पर्न नदिन भुमिका खेल्छ ।
यस्तो यूएसबी कण्डम मोबाइलको चार्जिङ केबलको पुछारमा जोडिन्छ र सामान्य रुपमा नै चार्ज गर्न मिल्छ । जसले यूएसबी केबल हुँदै ह्याकरले मोबाइलको डाटामा बनाउन सक्ने पहुँचलाई रोक्छ र पावर मात्रै प्रवेश गर्न दिन्छ । यसले तात्ने तथा कुनै आवाज पैदा गर्दैन । सिंकस्टप यूएसबी कण्डमको मूल्य ८ सय रुपैयाँदेखि १४ सय रुपैयाँसम्म पर्न जान्छ ।

मोबाइल कण्डम

विशेष