दोलखामा मंसिर १५ गते पुनः मतदान
![दोलखामा मंसिर १५ गते पुनः मतदान](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%20%E0%A4%86%E0%A4%9C%2002_78/2022/11/nirbachan-2079.jpg)
दोलखामा मंसिर १५गते पुनः मतदान हुने भएको छ। रद्द भएका मतदान केन्द्रहरुमा पुनः मतदान गर्न लागिएको हो।
जिल्ला निर्वाचन व्यवस्थापन समितिको वैठकले मंसिर १५ गते पुनः मतदान गराउने निर्णय गरेको हो।
दोलखाका १० वटा केन्द्रमा धाँदली भएको निष्कर्ष निर्वाचन आयोगले निकालेपछि ती केन्द्रहरुमा पुनः मतदान गराउन लागिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले ‘बुथ क्याप्चर’ भएको भन्दै उजुरी गरेपछि आयोगको एउटा टोलीले दोलखामा गएर स्थलगत अध्ययन गरेको थियो ।
त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले मंसिर ४ को निर्वाचन रद्द गरेर पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।
वैत्यश्वरको वडा नं. ६ (क, ख, ग), वैत्यश्वर ३ को कालिढुङ्गा (क, ख, ग), वैत्यश्वर २ को जनज्योति (क, ख) र तामाकोसीको जामुने हेल्थपोस्ट (क, ख) केन्द्रमा पुनः चुनाव गराउने निर्णय आयोगले गरेको छ ।